अस्मिता पक्राउ, रवि लामिछाने डरले थुरुरु…ज्वाइँ बचाउन ससुराकाे दाैडधुप

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि चितवन प्रहरीले ओखलढुंगा घर भएकी युवती अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको टोलीले कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई चितवन लगिएको छ ।

कार्कीलाई टेलिभिजन प्रस्तोता लामिछानेका समर्थकहरूले नियन्त्रणमा लिएका थिए । लामिछानेका शुभेच्छुकहरूले कार्कीलाई अभद्र व्यवहार समेत गरेका छन् ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्धार गरेर चितवन ल्याइएको बताएका छन् ।

महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । उनलाई अनुसन्धान गरिनेछ ।

लामिछानेसहित आरोपित युवराज कंडेल प्रहरीको निगरानीमा छन् । लामिछाने र कंडेलविरुद्ध चितवन प्रहरीले बिहीबार वा शुक्रबारसम्म पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

प्रहरी नियन्त्रणमै राखेर टेलिभिजन प्रस्तोता लामिछानेसहित कंडेल र कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

पुडासैनीले तीन जनाका कारण आफूले ज्यान दिन बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।

पुडासैनी काण्डमा पक्राउ पर्ने भएपछि लामिछानेले बचाउका लागि शक्तिकेन्द्र धाउन थालेका छन् । लामिछानेलाई बचाउन राजनीतिक नेतृत्वदेखि उच्च प्रहरी अधिकारीहरूलाई दवाव दिन थालिएको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कोषाध्यक्ष उद्धव पौडेलले लामिछानेलाई बचाउन शक्तिकेन्द्र धाउन थालेको स्रोतले जनाएको छ । लामिछाने पौडेलका ज्वाइँ हुन् ।

ओम अस्पतालका अध्यक्ष र गोपीकृष्ण मुभिजका मालिक पौडेलकै छोरीलाई लामिछानेले विवाह गरेका छन् ।

ओम अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएका बेला लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रममार्फत ओम अस्पतालको बचाउ गर्दै सफाइ दिने प्रयास गरेका थिए ।

Published : Thursday, 2019 August 15, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया