डराए ओली, लुकाए जनता समक्ष दुइटा कुरा

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थ्यको रिपोर्ट र खर्चको विवरण दिन अस्वीकार गरिएको छ ।

ओलीले १० दिन सिंगापुरमा उपचार गरेर फर्किएका थिए । दुई दिन बितिसक्दा पनि सरकारले ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गरेको छैन ।

मुलुकको कार्यकारी प्रमुखको स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी नगराइएको भन्दै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ ।

सिंगापुरबाट गत सोमबार फर्केपछि प्रधानमन्त्री ओलीले टवीटरबाट स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका थिए ।

कार्यकारी प्रमुख के समस्याका कारण स्वदेशमै उपचार नभएर विदेश जानुप¥यो र उपचारपछिको अवस्था कस्तो छ भन्नेमा पारदर्शी हुनुपर्ने आवाज सामाजिक सञ्जालमा उठिरहेको छ ।

सरकारले सार्वजनिक पदमा रहेका लगायत कुनै पनि व्यक्तिको विदेशमा हुने उपचार खर्च नव्यहोर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने जानकारी उनी सिंगापुर प्रस्थान गरेकै दिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले औपचारिक रूपमै गराएका थिए ।

सबैको हवाई भाडा र ओलीको भ्रमण दलमा सामेल सरकारी कर्मचारीका लागि सरकारले व्यहोरेको खर्च सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीका साथमा श्रीमती राधिका शाक्य, निजी चिकित्सक, प्रधानमन्त्रीका स्वकीय सचिव, प्रमुख राजनीतिक सल्लाहकार र सुरक्षाकर्मी गएका थिए ।

Published : Thursday, 2019 August 15, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया