सत्तारूढ नेकपाका केही ठूला कम्युनिस्ट नेताहरूलाई तनाब

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेताहरू दोहोरो जिम्मेवारी दिन नहुने माग उठेको छ ।

स्कुल विभाग र जनवर्गीय संगठनहरूको संयोजक तोक्ने विषयमा नेकपाभित्र विवाद भइरहेका बेला पार्टीभित्र दोहोरो जिम्मेवारीको विरोध भएको हो ।

पार्टी समायोजन अन्तिम चरणमा रहेका बेला नेताहरूले दोहोरो जिम्मेवारीको विषयमा कडा रुपमा अवाज उठाएका हुन् ।

नेकपाका प्रभावशाली नेता टोपबहादुर रायमाझीले शीर्ष नेताहरूको दोहोरो जिम्मेवारीको विरोध गरका छन् ।

‘पार्टीमा एक से एक सक्षम नेताहरू छन्’, उनले भने, ‘सबैलाई अबसर दिनुपर्छ । कसैलाई दोहोरो जिम्मेवारी । कसैलाई कुनै पनि जिम्मेवारी नदिने कुर हुनु हुँदैन ।’

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान कुरा गर्दै रायमाझीले विभाग र जनवर्गीय संगठनहरूको संयोजकको जिम्मेवारी दिँदा क्षमता र वरिष्ठतमका आधारमा दिन माग गरे ।

नेकपाभित्र विशेष गरेर स्कुल विभागलाई लिएर विवाद हुँदै आएको छ । स्कुल विभागमा धेरै नेताहरूले दाबी गरिरहेका छन् ।

नेकपाभित्र मन्त्री, मुख्यमन्त्री र अन्य ठूला पदीय जिम्मेवारीमा रहेका नेताहरूलाई नै दोहोरो, तेहोरो जिम्मेवारी दिने तयारी भएपछि नेता रायमाझीले विरोध गरेका हुन् ।

रायमाझीले कसैलाई पनि काखा र पाखा नगरेर जिम्मेवारी दिनुपर्ने बताएका छन् । उनको यो अभियानले नेकपाभित्र खैलाबैला उत्पन्न भएको छ ।

Published : Thursday, 2019 August 15, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया