हिमानी शाहले विशेष पत्रकार सम्मलेन गर्दै

काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै छिन् ।

काठमाडौंको बालुवाटारस्थित हिमानी ट्रष्टको कार्यालयमा आइतबार पत्रकार सम्मेलन हुन लागेको हो । पत्रकार सम्मेलन एक बजे हुनेछ ।

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठकका अनुसार हिमानीले पत्रकार सम्मेलनमार्फत आफ्ना भावी कार्यक्रमहरूका बारेमा जानकारी दिने छिन् ।

हिमानी ट्रष्टमार्फत सामाजिक काम गर्दै आएकी हिमानीले त्यस्तै खालको सामाजिक कार्यक्रमको घोषणा गर्न सक्ने जनाइएको छ ।

Published : Sunday, 2019 August 4, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया