भारतको बाँधले तराई डुब्यो, बाँध खोल्न अटेर
काठमाडौं । भारतले बनाएको बाँध र बाँध जस्तो राजमार्गका कारण रौतहट जिल्लासहित अधिकांश तराईका जिल्लाहरूमा डुबान भएको छ ।
डुबान भएपछि स्थानीयले भारतको विरोध गरेका छन् । भारतले सिमानामा बनाएको बाँधकै कारण रौतहट जिल्लाको सदरमुकाम गौर डुबानमा परेको छ ।
अविरल वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि तराईबाट पानी बगेर जान नपाउँदा डुबान भएको प्रहरीले जनाएको छ ।
भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरू भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् ।
पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै गो ब्याक इन्डिया ह्यासट्याग पनि प्रयोग गरेका छन् ।
भारतले दशगजा क्षेत्रमा बनाएको बाँधले नेपालको भू–भाग डुब्दै आएको छ । भारतको बाँधका कारण गौरमा दश फुटभन्दा बढी पानी जमेको छ ।
गौरमा डुबान हुँदा पनि भारतीय पक्षले बाँधको ढोकाहरू खोल्न मानेको छैन । भारतीय पक्षले अटेर गरेपछि भारतविरुद्ध सामाजिक सञ्जालमा विरोध शुरू भएको हो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय पक्षसँग बाँध खोल्न आग्रह गर्दा पनि अटेर गरेको जानकारी दिएका छन् ।
लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्न करीब अढाइ फुट मात्र बाँकी छ । त्यो बाँध फुट्यो भने भारतीय बजारहरू बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउनेछ ।
भारतले बाँध क्षेत्रमा उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ । भारतकै कारण नेपालको सीमा क्षेत्रमा डुबान हुँदै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया