काठमाडौंमै महामन्त्री डा.कोइरालाको गाडी डुब्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला चढ्ने गरेको गाडी काठमाडौंको टेकुको बागमती सडक करिडोरमा डुबेको छ ।

त्रिपुरेश्वरबाट बाग्मती करिडर हुँदै पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा शुक्रबार डा. कोइरालाको बा१७च ६६६४ नम्बरको गाडी टेकुबाट सानेपा जाने पुलमुनिको बाटोमा डुबेको हो ।

महामन्त्री डा.कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गर्दा गाडी डुबेको हो ।

पुलमुनि ढलान गरेको थियो । गाडी पार हुन्छ भनेर ड्राइभरले पुलमुनिबाटै गाडी लगे तर बीच भागमा पुगेपछि स्टार्ट नै बन्द भएको थियो ।

गाडीको इञ्जिन बन्द भएपछि महामन्त्री डा.कोइरालासहित सबै सहयोगीहरू गाडी मगाएर बाहिर निकालिएको थियो ।

गाडी डुबेपछि महामन्त्री कोइराला, सहयोगी तिवारी र ड्राइभर तत्काल गाडीबाट उत्रिएका थिए ।

घाँटीसम्मको पानीमा डुबेका कोइराला महाराजगन्ज फर्किएका थिए । डा.कोइरालाको सवारी भने बिग्रिएकाले ग्यारेजमा लगिएको छ ।

Published : Saturday, 2019 July 13, 6:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया