अधिनायकवादी सरकारलाई नेटबलमा जस्तै अट्याक गरौँः दीपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पू्र्वमन्त्री दीपक गिरीले नेपालको हिमालय रेञ्जमा अन्तर्राष्ट्रिय नेटबल खेलको प्रतियोगिता आयोजना गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत नेपाल नेटबल संघको दोश्रो साधरण सभालाई शनिबार सम्बोधन गर्दै नेता गिरीले नेतबल खेलको विकास खेलाडीहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए ।

नेपालमा नेटबल अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गर्दा पश्चिमी मुलुकाका खेलाडीहरू नेपाल आउने र पर्यटन व्यवसायको पनि विकास हुने बताए ।

उनले इतिहाँस खोज्दै जाँदा नेटवलको विकास र सुरूवात इंग्ल्याण्डबाट भएपनि नेपालमा पनि यसको महत्व बढ्दै गएको बताए ।

सामान्य रूपमा हेर्दा बास्केटवल जस्तै देखिने नेटवल तात्विक रूपमा बास्केटबलभन्दा भिन्न छैन ।

२०औँ शताब्दीमा नेटबलको नियम विधिवत रूपमा प्रकाशित भएपनि हाल अमेरिका, न्यूजिल्याण्ड, अष्ट्रेलिया जस्ता पश्चिमी मुलुकमा यो खेल प्रसिद्ध छ ।

नेपाली कांग्रेसका नेता गिरीले नेटबलको नाम नै सुन्दा अक्सर नेपालीलाई कन्फ्यूज लाग्न सक्ने भन्दै यो खेलको प्रचार प्रसार आवश्यक रहेको बताए ।

गिरीले राजनैतिक रूपमा अहिले राष्ट्रियता धुमिल हुन लागेको बताएका छन् ।

‘देश अहिले कम्युनिस्ट अधिनायकवादी शासनले रोग, भोग, शोक, गरिबी र विरोजगारीको चपेटाले पीडित छ’, उनले भने, ‘तसर्थ, यो निरंकुश शक्तिका विरूद्ध यतिबेला हामीमा नेटबलमा हुने किपर, डिफेन्डर, अट्याकिङ स्किल जस्तै जागिरीलो र सशक्त रूपमा सरकारको प्रतिकार गर्नु जरूर छ ।’

Published : Saturday, 2019 June 29, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया