देउवाले दिए कार्यकर्ताको मन जित्ने अभिव्यक्ति, ओली सरकारलाई तनाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गरेको बताए । उनले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरेको पनि बताए ।

सभापति देउवाले जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम कम्युनिस्ट सरकारले गरिरहेको बताए ।

राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर कम्युनिस्ट सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको नेपाली कांग्रेसका सभापति देउवाले बताए ।

देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्न सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत पनि गरेका छन् । सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कार्यक्रममा भारतीय सांगीतिक कार्यक्रम सारेगमपका तेश्रो विजेता नेपाली बालक आयुष केसीलगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

Published : Saturday, 2019 June 29, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया