एयरपोर्टमा डिआईजी आएपछि एसएसपी भण्डारीकाे खेतीपाती बन्द

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखमा प्रहरी नायव महानिरीक्षक(डिआईजी) को दरबन्दी कायम गरेपछि प्रमुख रहेका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सन्दीप भण्डारी छट्पटाएका छन् ।

गत माघमा एसपीबाट एसएसपी बढुवा भएपछि भण्डारीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा प्रमुखको रुपमा एयरपोर्टमा खटाएको थियो ।

१ नम्बर प्रदेशका नेकपाका नेताहरूको चाकडी गरी एसएसपी बढुवामा १ नम्बरमा परेका भण्डारी कार्यक्षमता र कमाण्डमा कमजोर मानिएपनि एयरपोर्ट जस्तो संवेदनशील ठाउँमा पठाइएको थियो ।

एयरपोर्टमा ५ महिना प्रमुख बनेर काम गरेका भण्डारीले कुनै सिन्को भने भाँच्न सकेनन् । यतिसम्मकी विशेष ब्यूरोले एयरपोर्टमा नक्कली भारुसहित युनुस अन्सारीको गिरोहलाई पक्राउ गर्दा आफैले काम गरेको भन्दै मिडियामा सूचना दिनपछि परेका थिएनन् ।

हालै मात्र डिआईजी सूर्यप्रसाद उपाध्याय एयरपोर्टको सुरक्षा प्रमुख बनेका छन् । सुरक्षा प्रमुख रहेको बेला ठूलो परिणाममा अवैध बिदेशी मुद्रासहित पक्राउ परेका व्यापारी सुवाश श्रेष्ठलाई सेटिङ गरी भण्डारीले छुटाउन खोजेका थिए ।

पहिला छाडेर आफै फस्ने भएपछि पुनः भण्डारीले नै श्रेष्ठलाई रातारात पक्राउ गरेका थिए । जुन घटनाले एसएसपी भण्डारीकाे बद्नाम भएको थियो ।

अहिले आफूमाथि डिआईजी आएपछि एसएसपी भण्डारी एयरपोर्टबाट सरुवा हुन खोजिरहेको स्रोत बताउँछ ।

भण्डारी ललितपुर परिससरको प्रमुख बनेर जान खोजिरहेको उनी निकट स्रोतले जनाएकाे छ । भण्डारीले आफूभन्दा माथि डिआईजी उपाध्यायलाई खटाएपछि त्यसको पनि विरोध गरिरहेका छन् ।

महानगरीय कार्यालयका प्रमुख डिआईजी सैलेश भन्दा सिनियरलाई एयरपोर्टको सुरक्षा प्रमुख बनाइएको भन्दै एसएसपी भण्डारीले विरोध गरिरहेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयले हरेक घटनाको विवरण महानगरीय कार्यालयलाई बुझाउनु पर्ने हुन्छ । यूनाइटेड पाेष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 June 27, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया