एमाले समर्थक सुन व्यापारीले हरायोः कांग्रेस नेता गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई सुन व्यापारीले हराएको बताएका छन् ।

काठमाडौंमा बुधबार एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिँदै नेता गिरीले भने, ‘एमालेको समर्थक एउटा सुन व्यापारीले मलाई हराइदियो । ठूलो मान्छे चाहियो र ?’ हराउनका लागि धेरै अन्तरघात भएको उनले बताए ।

माओवादी र एमालेको मिलनका साथै पार्टीभित्रैबाट आफूलाई अन्तरघात गरेर हराइएको नेता गिरीले बताए ।

नेपाली कांग्रेसका नेता गिरीलाई तत्कालीन एमाले निकटका हीरा केसीले पराजित गरेका थिए । केसीलाई माओवादीले साथ दिएकाे थियाे ।

उनले सबै तिता कुराहरूलाई भुलेर नेपाली कांग्रेसको संगठन बनाउनु पर्ने बताए । अबको निर्वाचनमा नेपाली कांग्रेसले दाङसहित राप्तीका अधिकांश सिट जित्ने उनले बताए ।

‘हामीले काम गरेका छौँ । जनताले कांग्रेसलाई भुलेका छैनन् ।’, नेता गिरीले भने, ‘कम्युनिस्टहरूलाई भोट दिएकोमा जनताले पछुतो मानिरहेका छन् ।’

Published : Wednesday, 2019 June 26, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया