बाह्र जना प्रहरी निरीक्षकको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ ।

काजसूची अनुसार विष्णुहरि ढकाललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।

वीरेन्द्रकुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बारा र सूर्यबहादुर बोगटीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।

निरीक्षक प्रताप पौडेललाई इलाका प्रहरी कार्यालय कृष्णनगरमा काज सुरुवा गरिएको छ ।

ऋषिराज ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङ, राजेन्द्र राय यादवलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर काजमा खटाइएको छ ।

बलराम गिरीलाई इलाका प्रहरी कार्यालय सुनवल, नवलपरासी, अनोज विकलाई जिल्ला प्रहरी कार्यालय कास्की र शंकर पोखरेललाई प्रहरी प्रधान कार्यालय जगेडापुलमा काज खटाइएको सूचीमा उल्लेख छ ।

ईश्वर कार्कीलाई इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही, दीपकबाबु केसीलाई इलाका प्रहरी कार्यालय कमुकुवा धनुषा र भीमबहादुर खड्कालाई १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगरमा काज सरुवा गरिएको छ ।

Published : Tuesday, 2019 June 25, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया