राैतहटमा प्रहरी र थुनुवा सवार गाडी दुर्घटना

रौतहट । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ ।

गाडी दुर्घटना हुँदा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना १ झ ५३८९ नम्बरको प्रहरीको गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुर भन्ने ठाउँमा गाडी दुर्घटना भएको हो ।

गाडी दुर्घटनामा परी ६ जना प्रहरी जवानहरू र ५ जना थुनुवा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवा गम्भीर घाइते भएका छन् ।  गम्भीर घाइते हुने प्रहरी जवानहरूमा अजय यादव र सञ्जय कार्की रहेका छन् ।

उनीहरूको चन्द्रनिगाहरपुरस्थित चन्द्रपुर अस्पलतामा उपचार भइरहेको छ । गम्भीर घाइते भएका २ जना थुनुवाहरू रमेश कुमार चौधरी र निर्मल शाहलाई थप उपचारका लागि वीरगंज लगिएको छ ।

Published : Tuesday, 2019 June 25, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया