नेवार समुदायको संस्कृतिमाथि हमला गर्नु हुँदैनः कांग्रेस नेता भण्डारी

मंगलबजार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले गुठीका माध्यमबाट धर्म, संस्कृति र परम्परालाई नेवार समुदायले बचाइ राखेको भन्दै प्रशंसा गरेका छन् ।

ललितपुर जिल्लाको सुबहालमा शनिबार सुबहाल युवा विकास परिवारले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता भण्डारीले गुठी विधेयकमार्फत सरकारले नेवार समुदायको धर्म संस्कृति र परम्परालाई समाप्त पार्न खोजेको आरोप लगाए ।

‘आजको कार्यक्रम देखेर गुठीको महत्वलाई मैले झन् राम्रोसँग बुझ्न पाएँ’, उनले भने, ‘पुरानो जनजाति भनेको नेवार समुदाय हो । नेवारको संस्कृतिलाई मेट्न खोज्नको कहिल्यै पनि भलो हुँदैन ।’

‘धर्म विरोधी गुठीबाट ब्याक हुनु परेको छ । संस्कृतिमा आक्रमण भएको छ । बाध्य भएर सरकारले विधेयक फिर्ता लिएको छ’, भण्डारीले भने, ‘संसदमा पेस भएको विधेयक संसदबाटै फिर्ता गर्नुपर्छ । जालझेल गर्नु हुँदैन ।’

प्रधानमन्त्री केपी ओलीप्रति संकेत गर्दै नेपाली कांग्रेसका नेता भण्डारीले गुठी विधेयकलाई लिएर ज्वाइँले अपमान सहनु पर्ला भनेर कसैले पनि सोँचेको थिएन । सरकार सचेत हुनु पर्छ । ओली दुस्साहस नगर्दा हुन्छ ।’

सनातन धर्म र संस्कृतिकै कारण नेपालको पर्यटन व्यवसाय माथि उठेको भन्दै पूर्वमन्त्री भण्डारीले भने, ‘हाम्रो ज्वाइँले ईश्वरको नाममा सपथ लिएनन् । नेपालमा हिन्दू धर्म मान्ने धेरै छौँ । धर्म मास्ने काम कसैले पनि गर्नु हुँदैन ।’

नेपाली कांग्रेस ललितपुरका युवा नेता मीनकृष्ण महर्जनले नेवार समुदायलाई कसैले चलायो भने त्यसको सत्यानाश हुने निश्चित रहेको चेतावनी दिए ।

‘नेवार समुदायलाई कसैले चलायो भने त्यो तानाशाही सरकारको सत्यानास हुन्छ’, उनले भने, ‘गुठी विधेयक फिर्ता लिएर सरकारले ठूलो दुर्घटनाबाट देशलाई जोगायो ।

नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले धर्म, संस्कृतिलाइ र परम्परालाइ जाेगाइ राख्नुपनेर् बताए । धर्म र संस्कृतिले नेपालीहरूलाइ जाेडेर राखेकाे उनले बताए ।

काठमाडाैंभित्रका नेवार समुदायकाे संस्कृति माैलिक खालकाे रहेकाे भन्दै अमात्यले कतैबाट प्रहार हुन खाेज्याे भने नेपाली कांग्रेस अग्रभागमा उभिएर बचाउ गर्ने बताए ।

नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषादका पूर्व काेषाध्यक्ष मीनकृष्ण महर्जनले नेवार समुदायकाे संस्कृति मास्न खाेजियाे भने त्यसकै नास हुने चेतावनी दिए ।

उनले गुठी विधेयकबाट उपत्यकाका नेवार समुदायकाे धर्म, संस्कृति र परम्परा समाप्त पार्न खाेजिएपछि ठूलाे प्रदर्शन भएकाे भन्दै विधेयक फिर्ता नलिएकाे भए ठूलाे अनिस्ट हुने थियाे भनेका छन् ।

सुबहाल युवा विकास परिवारका अध्यक्ष विनोद महर्जनले गुठीका माध्यमबाट देशको धर्म र संस्कृतिको जर्गेना भएको बताए ।

कार्यक्रममा सुबहालका एसईईमा राम्रो अंक लिएर उत्तीर्ण गरेका विद्यार्थी र जेष्ठ नागरिकहरूको सम्मान गरिएको थियो ।

Published : Saturday, 2019 June 22, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया