गगन र दीपकद्वारा डेनमार्कको कार्यक्रम बहिस्कार, नेपालमै कार्यकर्ताको मन जित्दै

काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगनमा नेपाली कांग्रेसका ३३ वटै जनसम्पर्क समितिमा आबद्ध नेता कार्यकर्ताका लागि विश्व भेला एवं प्रशिक्षण कार्यक्रम शुरू भएको छ ।

शुक्रबार राति उद्घाटन भएको कार्यक्रम लगातार तीन दिनसम्म चल्नेछ । कार्यक्रमका लागि नेपालबाट झन्डै दुई दर्जन कांग्रेस नेताहरू कोपनहेगन पुगिसकेका छन् ।

कार्यक्रमको उद्घाटन कांग्रेस उपसभापति विमलेन्द्र निधिले गरेका छन् ।

निधिसहित कांग्रेस महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरू डा. मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, धनराज गुरुङ, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरसहितका नेता सहभागी छन् ।

गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, नेतृ प्रतिमा गौतमसहितका नेता सहभागी छन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय प्रकाश शर्मा र मुक्ति आचार्य पनि डेनमार्क पुगेका छन् ।

डेनमार्कको कार्यक्रममा निम्तो आएपनि केन्द्रीय सदस्यद्वय दीपक गिरी र गगन थापा गएनन् । उनीहरूले जागरण अभियान चलिरहेका बेला नेपालमै प्रशिक्षण र भेला आवश्यक रहेको भन्दै डेनमार्कको कार्यक्रम बहिस्कार गरेका हुन् ।

भक्तपुर सभापति दुर्लभ थापा पनि डेनमार्क पुगेका छन् । कार्यक्रममा ३३ वटै देशमा रहेका कांग्रेसको जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्ताहरू सहभागी हुनेछन् ।

उनीहरूलाई कांग्रेसको राजनीतिक कार्यक्रमको विषयमा प्रशिक्षण दिने र उनीहरूले नेपालको विकासमा गर्न सक्ने योगदानका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । ३३ वटै देशमा कांग्रेसका यस्ता शुभेच्छुक जनसम्पर्क समिति छन् ।

प्रशिक्षणमा केही समयअघि पारित कांग्रेसको विधानका नयाँ व्यवस्था, महासमिति बैठकका राजनीतिक, आर्थिकसहितका प्रस्तावका विषयमा छलफल हुनेछ ।

विदेशमा रहेका नागरिकलाई मताधिकारको व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई कार्यान्वयनका लागि नेपाल सरकारको ध्यानाकर्षण र विदेशमा रहेका नेताहरूको सीप, क्षमता र योग्यताको प्रयोग कसरी गर्ने भन्नेमा छलफल केन्द्रित हुने कांग्रेस उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

कार्यक्रम कोपनहेगनको मध्य भागमा अवस्थित रिचमन्ड होटेलको सभागृहमा सुरु भएको जानकारी प्रचारप्रसार समिति संयोजक प्रकाश ढकालले दिएका छन् ।

000

असार ७, २०७६

प्रेस विज्ञप्ति

नेपाली जनसम्पर्क समितिहरुको विश्व स्तरीय प्रशिक्षण कार्यक्रम डेनमार्कको राजधानी कोपनहेगनमा जुन २१ (असार ६ गते) शुक्रबार नेपाली समय अनुसार राति १०ः३० मा प्रारम्भ भएको छ । २३ तारिख (असार ८) सम्म चल्ने कार्यक्रमको प्रथम दिन नेपाली जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवसँगै महत्वपूर्ण विषयहरुमा प्रशिक्षण एवं सार्थक अन्तरक्रिया भएको छ ।

ग्लोबल वार्मीङ ः असर र जिम्मेवारी विषयमा डीआइपिडीका पूर्व डाइरेक्टर द्यवयचल ँयचमभ, डेनमार्कको स्वास्थ्य प्रणाली नेपालका लागि शिक्षा विषयमा साउर्थन युनिभर्सिटी डेनमार्कका एशोसिएट प्रा. डा. अमृत राई तथा आधुनिक कृषि प्रणाली बारे सुरज ढकालले कार्यपत्र प्रस्तुति गर्नु भएको थियो ।

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले उद्घाटन गर्नु भएको कार्यक्रममा डा. शशांक कोइराला लगायत नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीको सभापतित्वमा भएको प्रथम दिनको कार्यक्रममा महामहिम नेपाली राजदूत युवनाथ लम्साल र गैर आवासीय नेपाली संघका अन्तर्राष्टिय उपाध्यक्ष कुल आचार्यले बोल्नु भएको थियो ।

मुक्ति आचार्य
सचिव
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

Published : Saturday, 2019 June 22, 10:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया