शहीदको घर छाउन कांग्रेस नेता खतिवडाले दिए आर्थिक सहयोग, पाए आशीर्वाद

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा काण्डका शहीद क्याप्टेन यज्ञबहादुर थापाको घर छानामा जस्तापाता लगाउन आर्थिक सहयोग गरेका छन् ।

खतिवडाले प्रजातान्त्रिक आन्दोलनका योद्धा क्याप्टेन यज्ञ बहादुर थापाकी ८५ वर्षीय धर्मपत्नी पूर्णाकुमारी थापालाई घरमै भेटेर शुक्रबार घरको छानोमा कर्कटपाता लगाउन चालीस हजार आर्थिक सहयोग गरेका हुन् ।

लोकतान्त्रिक आन्दोलनको एउटा कालखण्डमा सशस्त्र आन्दोलनको नेतृत्व गरेका थापाको गौरवपूर्ण इतिहास र उनीसँगै शहीद भएकाहरूको सम्मानमा सहयोग गर्न पाउँदा खुशी लागेको खतिवडाले बताएको उनका सहयोगी हुकम राईले जानकारी दिए ।

‘म आफूलाई ठूलो भाग्यमानि ठानेको छु’, खतिवडाको भनाइ उदृत गर्दै राईले भने, ‘मैले ठूलै काम गरे भनेर भन्दिन । तर, मेरो आत्मालाई शान्ति मिलेको छ ।’

‘त्यो घर ढल्यो भने गौरवपूर्ण ईतिहास र ती महान शहीहदहरूको सहास, विश्वासहरू ढलेको हुन्थ्यो’, खतिवडाले भनेका छन् ।

क्यपटेन यज्ञबहादुर थापाको धर्मपत्नी पूर्णकुमारी थापाले भाव ह्वील हुँदै भनेकेी छिन्, ‘मेरो छोरा नै भएको भए पनि आज यति ठूलो सहयोग गर्दैन थियो होला ।’

केही दिन पहिला क्यपटेन यज्ञबहादुर थापाको शालिक अनवरण कार्यक्रममा पुगेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खतिवडाले साँघुटार–घोराखरी–ओखलढुङा–सिलौरीघाट सडकलाई क्याप्टन यज्ञबहादुर थापा मार्ग घोषणा अनुरोध गरेका थिए ।

लोकतान्त्रिक आन्दोलनको महान योद्धाहरूलाई केही–नकेही हेर्नु पर्ने बताएका खतिवडाले कम्युनिस्ट सरकारले थापाको परिवारलाई बेवस्ता गरेको बताए ।

Published : Friday, 2019 June 21, 11:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया