कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउँदा कम्युनिस्टहरू थर्कमान

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रिय जागरण अभियानको समीक्षा गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक असार २२ गतेका लागि बोलाइएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।

कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख छ ।

असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचनामार्फत जानकारी दिएका छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।

बैठकमा कम्युनिस्ट सरकारका गलत निर्णय र गतिविधिहरूका विषयमा पनि छलफल हुनेछ । कांग्रेसले सरकारविरुद्ध आक्रामक रणनीति बनाइरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदा सत्तारुढ दललाई तनाव बढाइदिएको छ ।

Published : Friday, 2019 June 21, 11:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया