सरकारले नागरिकतामा ‘थर’ राख्न दिएनः सांसद नेपाली

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विमल नेपालीले वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा शान्ति सुरक्षा दिनबाट चुकेको आरोप लगाएकी छिन् ।

बिहीबार संसदको बैठकमा शून्य समयमा बोल्दै सांसद नेपालीले देशभरि शान्ति सुरक्षाको भयावह अवस्था रहेको बताइन् ।

उनले भनिन्, ‘शान्ति सुरक्षा दिन बसेका गृहमन्त्रीले के गर्नुभएको छ ? हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहेका छन् ।’ नेपालीले छुवाछुतको समस्या पनि उत्तिकै रहेको बताएकी छिन् ।

नेपाली कांग्रेसकी सांसद नेपालीले दलित समुदायहरूलाई आफ्नो थर राखेर नागरिकता दिन गृहमन्त्रालय बाधक बनेको बताएकी छिन् ।

‘संविधानले दलित समुदायले थर राखेर नागरिकता बनाउन पाउने सुविधा दिएको छ’, उनले भनिन्, ‘यो सरकारले दलितमाथि भेदभाव गरेको छ । थर राखेर नागरिकता बनाउन पनि अबरोध गरेको छ । यो समस्या छिटोभन्दा छिटो हटोस् ।’

दलित समुदायको नागरिकतालाई लिएर देशभरिबाट गुनासाहरू आफू समक्ष आइरहेको सांसद नेपालीले बताइन् ।

Published : Thursday, 2019 June 20, 1:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया