धर्म र संस्कृतिको नाममा हाम्रा पूर्वजहरूको भूगोल लुटियोः गंगा चौधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरी सत्गवाँले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको गलत ब्याख्या गरेको बताएकी छिन् ।

संसदको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद चौधरीले गुठीहरूलाई व्यवस्थापन गर्न ल्याइएको विधेयकको विरोध गरेर कांग्रेसले गलत सन्देश दिएको बताइन् ।

उनले गुठी विधेयक फिर्ता भएपछि गुठीपीडितहरू मर्माहित भएको बताइन् ।

उनले कम्युनिस्ट सरकारले पनि गुठी विधेयक फिर्ता गर्नु उचित नरहेको बताइन् । सांसद चौधरीले नेपाली कांग्रेस सामन्तवादीहरूको पृष्ठपोषण गरेको बताइन् ।

नेकपाकी सांसद चौधरीले धर्म र संस्कृतिको नाममा सबै कुरा लुटिएको बताइन् । पूर्वजहरूको अवाद भूगोल लुटिएको उनले बताइन् ।

रक्सी र भाले खुवाउन नसक्दा जग्गा लुटिएको बताएकी उनले डोकोभरि पैसा बोकेर महन्थहरू भागेको बताइन् ।

Published : Thursday, 2019 June 20, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया