त्रिवि शिक्षण अस्पतालले गरिबको उपचार गरेनः सांसद चौधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मीकुमार चौधरीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिव बिरामीले उपचार गराउन सक्ने अवस्था नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

संसदको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले त्रिवि शिक्षण अस्पतालमा बिरामीसँग कति पैसा छ भनेर हेरे उपचार गर्ने पद्धति रहेको बताइन् ।

‘त्रिवि शिक्षण अस्पतालमा बिरामीसँग पैसा छ कि छैन भनेर हेरिन्छ’, उनले भनिन्, ‘पैसा छ भने उपचार गरिन्छ । पैसा छैन भने वीर अस्पतालमा सिफारिस गरिन्छ ।’

सांसद चौधरीले संविधानले स्वास्थ्य उपचारमा निःशुल्क भनेको प्रावधान स्मरण गराउँदै भनिन्, ‘संविधान विपरित सरकारी अस्पतालहरूमा गतिविधि हुने गरेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिव जनताले पनि उपचार गराउन पाउनुपर्छ ।’

त्रिवि शिक्षण अस्पतालमा चिकित्सक र व्यवस्थापनले बिरामीहरूलाई दुःख दिएको भनेर आरोप आइरहेका बेला नेकपाकी सांसदले अस्पतालभित्रको बेथिती उजागर गरिदिएकी हुन् ।

Published : Thursday, 2019 June 20, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया