त्रिवि शिक्षण अस्पतालले गरिबको उपचार गरेनः सांसद चौधरी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मीकुमार चौधरीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिव बिरामीले उपचार गराउन सक्ने अवस्था नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
संसदको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले त्रिवि शिक्षण अस्पतालमा बिरामीसँग कति पैसा छ भनेर हेरे उपचार गर्ने पद्धति रहेको बताइन् ।
‘त्रिवि शिक्षण अस्पतालमा बिरामीसँग पैसा छ कि छैन भनेर हेरिन्छ’, उनले भनिन्, ‘पैसा छ भने उपचार गरिन्छ । पैसा छैन भने वीर अस्पतालमा सिफारिस गरिन्छ ।’
सांसद चौधरीले संविधानले स्वास्थ्य उपचारमा निःशुल्क भनेको प्रावधान स्मरण गराउँदै भनिन्, ‘संविधान विपरित सरकारी अस्पतालहरूमा गतिविधि हुने गरेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिव जनताले पनि उपचार गराउन पाउनुपर्छ ।’
त्रिवि शिक्षण अस्पतालमा चिकित्सक र व्यवस्थापनले बिरामीहरूलाई दुःख दिएको भनेर आरोप आइरहेका बेला नेकपाकी सांसदले अस्पतालभित्रको बेथिती उजागर गरिदिएकी हुन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया