द्वन्द्वकालीन मुद्धा आयोगमार्फत मिलाउनुपर्छः रेखा शर्मा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रेखा शर्माले द्वन्द्वकालीन मुद्धाहरू अदालतमा विचाराधीन रहेको भन्दै ती मुद्धाहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउन माग गरेकी छिन् ।

बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले द्वन्द्वकालमा बेपत्ता भएकाहरूको खोजी गरेर सार्वजनिक गर्न माग गरिन् । उनले द्वन्द्वकालका मुद्धाहरूलाई समाधान गर्न बनेको आयोगमार्फत नै ती विषय टुंगो लगाउन माग गरिन् ।

सरकारले द्वन्द्वकालीन समस्याहरू समाधान गर्न ध्यान नदिएकोमा सांसद शर्माले असन्तुष्टि जनाइन् ।

Published : Thursday, 2019 June 20, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया