विज्ञापन नीतिका कारण विदेशी टिभी च्यानलहरू बन्द हुने

काठमाडौं । विज्ञापन नियमनको लागि प्रस्तावित कानूनहरू स्वीकृत भएमा नेपालमा प्रसारण हुने १५० भन्दा बढी विदेशी च्यानल बन्द हुन बाध्य हुनेछन् ।

स्रोतका अनुसार “विज्ञापन विनिमय विधेयक” बारे नेपालको माथिल्लो सदन–राष्ट्रिय सभाले हालै उक्त नियमहरूको सर्मथन गरेको थियो । नेपालको संविधान अनुसार उक्त प्रस्तावित नियमहरू कानून बन्नु पूर्व प्रतिनिधि सभा वा तल्लो सदनमा अन्तिम स्वीकृतिका लागि पेश गरिनेछ । नयाँ प्रस्तावित नियमानुसार सरकारको विज्ञापन बोर्ड स्थापित गर्ने योजना रहेको छ जसले विज्ञापनको निरीक्षण गर्नेछ ।

अझ सबैभन्दा महत्वपूर्ण विदेशी सेटेलाइट टेलिभिजन च्यानलहरूले कानून निहीत रही विज्ञापन बिना प्रसारण गर्नुपर्नेछ । अन्यथा ५ लाख रुपियाँ दण्डको अलावा नियम उल्लङ्घन गर्ने च्यानलहरूको डाउन लिंकिंङ् परमिट पनि खारेज गरिनेछ । नियमले विदेशी विज्ञापन प्रसारणमा समेत रोक लगाएको छ । स्थानीय प्रसारकहरूले समेत विदेशी कम्पनीका विज्ञापनको डब गरेर प्रसारण गर्न पाउने छैनन् ।

विदेशी प्रसारकहरू वा सञ्जालबाट इजाजतपत्र लिएर नेपालमा सेटेलाइट वितरकले विदेशी टिभी च्यानलका सिग्नल प्रसारण गरिरहेका छन् । यी सेटेलाइट वितरक विदेशी प्रसारक वा सञ्जालबाट उपलब्ध गराइएका उपकरणको प्रयोग गरेर सिग्नलको डाउनलोड गर्दछन् ।

लगभग हरेक विदेशी प्रसारक वा सञ्जालका सामान्य फिडका लागि व्यापक क्षेत्र वा भूगोल रहन्छ र नेपाल त्यस्ता व्यापक टेलिकास्टिङ्ग क्षेत्रभित्रको भाग मात्र हुन सक्छ । अन्य राष्ट्र जस्तै इन्डिया, भुटान, श्रीलङ्का, बंगलादेश, महासागरीय वा प्रशान्त महासागर क्षेत्र यस्ता व्यापक प्रवाहको साझेदार हुन् सक्छन् ।

समीक्षकका अनुसार विदेशी प्रसारकप्रति लक्षित नयाँ विज्ञापन नियम, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही वर्षअघि प्रस्ताव गरेको तर केही कारणवश अघि बढ्न नसकेको ‘क्लिन फिड नीतिको नयाँ संस्करण हो । क्लिन फिड भन्नाले त्यस्तो व्यवस्थालाई जनाउँछ जस अन्तर्गत देशमा भएका च्यानलले कार्यक्रम प्रस्तुत गर्दा विज्ञापन रहित वा प्रसारण गर्नुपरे स्थानीय विषयवस्तु, पात्र र नेपाली भाषालाई समावेश गरी विशेषतः नेपालको लागि भनेर निर्माण गर्नुपर्नेछ ।

नयाँ विज्ञापन नियमको मनसाय पाइरहेको हिस्सालाई १० अर्बले दोब्बर बनाउनेछ । विज्ञापनको मुख्य हिस्साको एक चौथाई सरकारलाई जान्छ भने लगभग आधा जसो हिस्सा प्रिन्ट मिडियालाई जान्छ । तसर्थ नयाँ विधेयकको उद्देश्य सरकारले विज्ञापनलाई नियमन गर्नु तथा स्थानीय विज्ञापनको अर्थव्यवस्थालाई बढाउन सहयोग पुर्‍याउनु हो । एकै सिक्काको दुई पाटो भनेझैं विदेशी च्यानलहरूमा विज्ञापन प्रसारण गर्न नदिने हो भने यसले विदेशी टेलिभिजन च्यानलहरूको प्रसारणमा कमी ल्याउने वा व्यवसाय नै बन्द गर्न बाध्य हुनेछन् ।

नेपालको करिब ३ करोड नागरिकहरूको टेलिभिजनमा पहुँच छ र ४० प्रतिशतभन्दा कम उपभोक्ताले टेलिभिजन ग्राहक शुल्क तिर्छन् । २०१६ को अन्तमा नेपालको टिभी बजारको अनुमानित भुत्तानी करीव ०.६ मिलियन अमेरिकन डलर थियो । टेलिभिजन कम्पनीहरूको मुनाफाको मापन गर्ने औसत राजस्व प्रति प्रयोगकर्ता अत्यन्तै कम करीव ३३४.१३ रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

यदी केही विदेशी प्रसारकहरूले विज्ञापनविना नै नेपालमा टेलिभिजन च्यानलहरू प्रसारण गर्ने प्रस्ताव राखिहालेमा पनि यी विदेशी कम्पनीले टिभी च्यानलहरूको क्लिन फिड प्रसारण गर्न अतिरिक्त खर्च गर्नुपर्नेछ । यो सुविधाका लागि प्रसारकहरूले कम्तीमा पनि करीव १०० करोडको अलावा ३०० करोड अतिरिक्त खर्च लाग्नेछ । हाई डेफिनेसन टेलिभिजन च्यानलहरूको क्लिन फिडमा प्रसारण गर्दा चलिरहेको खर्चको दोब्बर ६०० करोड खर्च लाग्नेछ ।

यी विदेशी प्रसारकहरूले नेपालमा प्रसारण हुने च्यानलको संख्या घटाई नेपालमा भएका सेटेलाइट टिभी वितरकले तिर्नुपर्ने शुल्क दर बढाएमा आफूलाई टिकाइरहन सक्छन् । यो कदमले दर्शकवर्ग दोहरो मारमा पर्छन्–एक त कम संख्यामा टेलिभिजन च्यानल उपलब्ध हुनु अर्को कम टेलिभिजन च्यानलहरूका लागि बेसी खर्च गर्नु । विदेशी च्यानलहरू बन्द भएमा यसले नेपालको अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव पार्नेछ । रोजगारी गुम्ने, कर राजस्व तथा अनुमति शुल्क संकलनमा कमी आउनेछ । बृहत अर्थमा विदेशी कम्पनीहरू कम आय बढी क्षमतावान् र युवा मुलुकमा लगानी गर्न नरुचाउन सक्छन् ।

Published : Wednesday, 2019 June 19, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया