तरुण दलले बुधबार कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्दै, काठमाडौंमा उथलपुथल ल्याउने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बुधबार काठमाडौंमा दुईतिहाइको अहँकारी कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ ।

नेपाली तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा कम्युनिस्ट सरकारविरुद्ध विशाल जनप्रदर्शन गर्ने जानकारी दिए ।

‘दुईतिहाइको अहँकारी कम्युनिस्ट सरकारको ज्यादतिले घैँटो भरियो’, उनले भने, ‘गुठी विधेयक ल्याएर धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्ने प्रयास गरेको छ ।’

कम्युनिस्ट सरकारले ल्याएका राष्ट्रघाति विधेयकहरू खारेजी, गुठीलाई मुठ्ठीमा राख्न पाइँदैन जस्ता नारा तथा माग राखेर प्रदर्शन गर्न लागिएको अध्यक्ष बस्नेतले बताए ।

नेपाल तरुण दलले बुधबारको विलाश जनप्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।

Published : Tuesday, 2019 June 18, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया