विपक्षी दललाई बोल्न नदिने प्रवृत्ति हाबी भयोः बालकृष्ण खाँण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्ति स्वतन्त्रता कायम हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सम्वाददाताहरूसँग कुरा गर्दै खाँणले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको बताए ।

प्रमुख विपक्षी दलको नेताका लागि बोल्न समय माग्दा समय नदिएपछि आफूहरूले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएको बताए ।

‘सदनभित्र अभिव्यक्ति स्वतन्त्रता कायम हुनुप¥यो’, उनले भने, ‘दलको नेताले सदनमा बोल्ने कार्यक्रम राखेको थियो । सभामुखले बोल्ने समय उपलब्ध गराउनु भएन ।’

‘हामीले बोल्छुभन्दा भन्दै सम्माननीय प्रधानमन्त्रीलाई जबरजस्ती बोलाउनुभयो’, कांग्रेसका प्रमुख सचेतक खाँणले भने, ‘दलका नेताले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए सुल्टो पनि हुन्थ्यो । हाम्रो त्यसमा सहमति थिएन र विरोध ग¥यौं ।’

उनले प्रतिपक्षी दललाई जबरजस्ती बोल्न नदिने प्रवृत्ति देखिएकाले त्यसविरूद्ध उभिएको बताएका छन् ।

‘खराबप्रवृत्ति विरूद्ध उभिएको हो’, खाँणले भने, ‘अपोजिसनलाई जबरजस्ती बोल्न नदिने मनसुवा, खराब ध्येय भयो । त्यही खराब ध्येयका विरूद्ध हामी उभिनुप¥यो ।’

Published : Tuesday, 2019 June 18, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया