गगनसहित कांग्रेस कार्यकर्ताहरूद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाको नेतृत्वमो गुठी विधेयकको विरोधमा काठमाडौं क्षेत्र नम्बर चारमा प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापासहितका कांग्रेस नेता तथा कार्यकर्ता र स्थानीयको सहभागितामा चाबहिलदेखि पशुपतिनाथको मन्दिरसम्म सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

मंगलबार बिहानै जम्मा भएका स्थानीयले गुठी विधेयक फिर्ताको माग गरेर प्रदर्शन गरिएको नेपाली कांग्रेसका प्रदेश ३ का सांसद नरोत्तम बैद्यले जानकारी दिए ।

कम्युनिस्ट सरकारले गुठी विधेयक ल्याएर धर्म, संस्कृति र परम्परा मास्न खोजेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ता र स्थानीयले प्रदर्शन गरेका हुन् ।

कम्युनिस्ट सरकारविरुद्ध राजधानीमा आन्दोलन चर्किरहेका बेला काठमाडौं क्षेत्र नम्बर चारमा पनि प्रदर्शन भएको छ ।

Published : Tuesday, 2019 June 18, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया