डिएसपी पाण्डे एङग्री म्यान बन्दा जनता डरले थुरुरु

तौलिहवा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र पाण्डेले सेवाग्राहीलाई दुर्व्यवहार गरेका छन् ।

डिएसपी पाण्डेले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला नेताहरूलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप छ ।

मुस्कानसहितको प्रहरी सेवा प्रदान गर्ने नेपाल प्रहरीको अवधारणा भएपनि कपिलवस्तुमा डिएसपी पाण्डेको कार्यले सेवाग्राहीहरू प्रहरीसँग डराउन थालेका छन् ।

सामान्य काम विशेष लिएर सुरक्षा अधिकारीलाई भेट्न र आफ्ना पीरमर्का सुनाउन खोज्दा डिएसपी पाण्डे आक्रामक र आक्रोशित हुने गरेका छन् ।

डिएसपी पाण्डेको बोली व्यवहारबाट उनी हालसम्मकै जिल्लामा आएका डिएसपीहरूमध्ये अर्यादित र अशिष्ट देखिएको भन्दै स्थानीय राजनीतिक दलका नेताहरूले आरोप लगाएका छन् ।

आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा आफ्ना गुनासो र समस्याहरूसहित पुगेका स्थानीय सञ्चारकर्मीलाई डिएसपी पाण्डेले अपशब्द प्रयोग गरी गाली समेत गरेका छन् ।

डिएसपी पाण्डेले अपशब्द प्रयोग गरी गाली गरेपछि ती सञ्चारकर्मीले आपत्ति जनाएका थिए । झन् उत्तेजित बनेका डिएसपी पाण्डेले ‘जे गर्न सक्नु हुन्छ गर्नुस्’भन्दै कुनै पनि सुनुवाई गरेका थिएनन् ।

डिएसपी पाण्डेको यस्ता हर्कतबाट नेकपाका जिल्लाका नेता आजाद अहमद दर्जी पनि आजित बनेका छन् ।

आफ्नो छोरा गाडी दुर्घटनामा परी आईसीयुमा भर्ना रहेका बेला न्याय माग्न प्रहरी कार्यालय जाँदा आफूसँग डिएसपी पाण्डेले गैरजिम्मेवारपूर्ण व्यहार गरेको नेता दर्जीले बताएका छन् ।

‘प्रहरी अधिकारीहरूबाट हामी न्यायको अपेक्षा गर्छौं । तर डिएसपी पाण्डे भने शक्ति र वर्दीको रवाफमा आम सर्वसाधारणलाई धम्काउनु हुन्छ’, नेकपाका नेता दर्जीले भने, ‘दुर्घटनामा परी १८ दिन आईसीयुमा भर्ना भएको मेरो छोराको विषयमा मैले अझै न्याय पाइन् । प्रहरीले पनि राम्रोसँग आफ्नो काम अगाडि बढाइदिएन ।’

Published : Tuesday, 2019 June 18, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया