दाङमा कांग्रेसले जितेको गाउँपालिकाको कामको प्रशंसा, ८५ वर्षीय वृद्धाको उद्धार

मसुरिया । दाङ जिल्लाको देउखुरी उपत्यकास्थित राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले एक असक्त तथा एकल व्यक्तिलाई २ हजार रुपियाँ उपल्ब्ध गराएका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर २ मा बसोवास गर्ने ८५ वर्षीय महेन्द्र कुमाललाई गाउँपालिकाको तर्फबाट सुवेदीले मासिक रुपमा २ हजार उपलब्ध गराउने निर्णय स्वरुप जेठ महिनाको खर्च वापत २ हजार उपलब्ध गराएका हुन् ।

नातेदार, ईष्टमित्र, आफन्त कोही नभएका जवानीमा भारतमा गई काम गर्दै जीवन बिताएका भनिएका ८५ वर्षीय महेन्द्र कुमालको नागरिकता नभएको र नागरिकता पाउन नातेदार, ईष्टमित्र, आफन्त कोहि नभएका कारण ईलाका प्रशासन कार्यालयले नागरिकता बन्न नसक्ने जानकारीसहित फिर्ता पठाएपछि सामाजिक सुरक्षा भक्ता नियमानुसार पाउन नसकेका कारण गाउँपालिकाले आफ्नो नागरिकको हिसावले मासिक २ हजार रुपियाँ उपलब्ध गराएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए ।

वृद्ध भएपछि भारतबाट गाउँघर फर्किएका ८५ वर्षीय महेन्द्र कुमाल गाउँघर डुल्दै मागेर दैनिक गुजारा गर्दै आएका थिए । वडा कार्यालयबाट वृद्ध नागरिकको सर्जिमिन मुचुल्का बनाई वडाको सिफारिससहित ईलाका प्रशासन कार्यालयमा नागरिकता बनाइदिन वडा सदस्य नै गएपनि कोही पनि आफन्त ईष्टमित्र नहुँदा नागरिकता बन्न असहज भएको जानकारी पाएपछि गाउँकार्यपालिकामा कुरा राखेर एक जना जेठ नागरिकको हैसियतमा सेवा सुविधा दिन र आवश्यक सहयोग समेत गर्न प्रस्ताव गरिएको वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापाले जानकारी दिएका छन् ।

वडाध्यक्ष थापाले आफूहरू वृद्ध कुमालको नागरिकता निर्माण हुने बाटाहरूको खोजी गरिरहेको र सम्वन्धित कार्यालय तथा जानकारहरूसंग सोधपुछ गरिरहेको बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नम्बर ४ का वडाध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री बराखुट्टीमा गई वृद्ध कुमाललाई भेटगरी गाउँपालिकाको तर्फबाट र व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

राप्ती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमासहित अधिकांश वडाध्यक्ष र सदस्यहरूमा नेपाली कांग्रेसल जित हासिल गरेको छ । नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष सुवेदीले गाउँपालिकामा जनताका स–साना कुराहरू ध्यान दिँदै आएका छन् ।

Published : Friday, 2019 June 7, 2:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया