भक्तपुरका युवा कांग्रेसले सम्झिए गिरिजाप्रसादलाई

भक्तपुर । नेपाली राजनीतिका युग पुरुष स्वर्गीय गिरिजाप्रसाद कोेइरालका बारे तयार पारिएको बृत चित्र प्रजातन्त्रका लागि अपहरण प्रदर्शन गरिने भएको छ ।

भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गरेर स्व.कोइरालाको राजनीतिक यात्रामा भएको गतिविधिका साथै ३० सालमा भएको विमान अपहरणका बारे जानकारी दिने उदेश्यका साथ बृत्त चित्र प्रदर्शन बाराही मुभिजमा जेठ २६ आइतबार गते गरिने भएको हो ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन भक्तपुरको आयोजनामा हुन थालेको बृत्त चित्र २६ गते दिनको ४ः१५ मा प्रदर्शन गरिने फाउन्डेशनका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

प्रजातन्त्र हासिल गर्दा कस्ता खालको राजनीतिक गतिविधि भएको थियो र नेपाली राजनीतिका युग पुरुषको राजनीति जीवन कस्तो थियो भन्ने जानकारी नयाँ पुस्तालाई दिने हेतुका साथ बृत्त चित्र प्रदर्शन गर्न थालिएको बस्नेतले जानकारी दिए ।

पत्रकार भेटघाटमा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थले नेपाली राजनीतिमा प्रजातन्त्र प्राप्तिका लागि गरिएको सशस्त्र क्रान्तिका तयारी कस्तो थियो भन्ने जानकारी यो बृत्त चित्रले दिन्छ ।

उनले राजनीतिप्रति चाख भएकाहरूले प्रजातन्त्र प्राप्तिका लागि त्यस बेला खेलको भूमिका कस्तो थियो र कांग्रेसले कस्तो भूमिका निर्वाह गरेको थियो भन्ने समेत उक्त बृत्त चित्रबाट थाहा पाउन सकिने बताए ।

प्रजातन्त्रका लागि अपहरण बृत्त चित्रको निर्माण पत्रकार जगत नेपाले निर्माण गरेका हुन् ।

Published : Friday, 2019 June 7, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया