काठमाडौं प्रवेश गर्ने नाकाको सडकमा पहिरो

धादिङ । अविरल वर्षाका कारण पहिरो पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत धादिङ जिल्लाको वेनीघाटमा सडक अवरुद्ध भएको छ ।

धादिङको रोराङ गाउँपालिकाको वडा नम्बर १० वेनीघाट नजिकै सडकमा पहिरो खसेकाले सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा हजारौं यात्रु अलपत्र परेका छन् ।

बिहीबार राति आएको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोकै कारण राजधानी काठमाडौं जाने बाटो समेत बन्द भएको छ ।

Published : Friday, 2019 June 7, 9:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया