दोलखामा रामचन्द्र पौडेललाई तरुणहरूद्वारा भव्य स्वागत (तस्वीर)

चरिकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा युवा विद्यार्थीले भव्य स्वागत गरेका छन् ।

राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी हुन बिहीबार आइपुगेका वरिष्ठ नेता पौडेललाई नेपाल तरुण दलले स्वागतसहित गन्तव्यमा पुर्‍याएको हो ।

तरुण दल दोलखका उपाध्यक्ष फुर्वा शेर्पाका अनुसार तरुण युवाहरूले वरिष्ठ नेता पौडेललाई मोटरसाइकले स्कर्टिङ गरेर ल्याइएको बताए ।

दुई दर्जन बढी युवाहरूले मोटरसाइकलसहित पौडेललाई चरिकोटमा भव्य स्वागत गरेका हुन् ।

नेपाली कांग्रेसले शुरू गरेको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको अन्तिम कार्यक्रमलाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेल बिहीबार चरिकोट आइपुगेका छन् ।

पौडेलले दोलखाका नेपाली कांग्रेसका नेताहरूसँग बिहीबार नै भेटघाट गरेका छन् । उनले दुई तिहाइको कम्युनिस्ट सरकार निरंकुश बन्दै गएको भन्दै एक जुट भएर जानुपर्ने बेला आएको बताएका छन् ।

नेपाली कांग्रेसकी युवा नेतृ विनिता अधिकारीका अनुसार वरिष्ठ नेता पौडेलले मुलुकमा अधिनायकवाद हाबी हुँदै गएकाले कांग्रेसले जनतालाई संगठित गरेर प्रतिरोध गर्ने बेला भएको बताए ।

 

 

Published : Thursday, 2019 June 6, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया