मिडिया काउन्सिल विधेयक फिर्ता लैजान कांग्रेसका नेता खाँणको सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले अभिव्यक्ति स्वतन्त्रतालाई कुष्ठित गर्ने ढङ्गबाट मिडिया काउन्सिल विधेयक आएको भन्दै त्यसलाई फिर्ता लिन कम्युनिस्ट सरकारलाई सुझाव दिएका छन् ।
संसदमा प्रि–बजेटको छलफलमा सोमबार सहभागी हुँदै उनले भने, ‘मानवअधिकारको खण्डित गर्ने होइन, मौलिक हकको रक्षा गर्ने ढङ्गबाट विधेयक ल्याइयोस्, बालबालिकाको शिक्षासम्बन्धी हक तथा ज्येष्ठ नागरिकको हकअधिकार सुनिश्चित गर्नेतर्फ पनि सरकारले विशेष ध्यान पुर्याओस् ।’
सरकारले प्रस्तुत नीति तथा कार्यक्रम तथा विधेयकका प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्ने क्रम नै नमिलेको बताउँदै उनले भने, ‘आगामी बजेट बनाउँदा संविधान पढेर मौलिक अधिकार कार्यान्वयन गर्न सहयोग पुग्ने ढङ्गबाट बनाइयोस् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत