सुनिल साह अमेरिका एनआरएनएको अध्यक्षमा उम्मेदवार, कांग्रेसको समर्थन
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सन् २०१९ निर्वाचनमा अध्यक्षमा सुनिल साहले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले साहलाई परिषदको अध्यक्षको उम्मेदवार भएको भन्दै सहयोगका लागि अपील गरे ।
न्यूयोर्कमा आयोजित सुनिल साहको टिमको लागि प्रचार सभालाई सम्बोधन गर्ने क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांगेस पार्टीका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले सो कुरा घोषणा गरेका हुन् ।
कार्यक्रममा एनआरएनए एनसीसी अमेरिकाका पूर्वअध्यक्ष खगेन्द्र क्षेत्री र अन्य व्यक्तित्वहरूले पनि सुनिल साहको समर्थनमा बिचार व्यक्त गरेका छन् ।
आफ्नो चुनाव प्रचारमा न्यूयोर्क, वरपर र बोस्टन समेतको भ्रमणमा निस्केका साहको लागि प्रचार सभा फलदायी भएको उनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत