सत्तारुढ कम्युनिस्टभन्दा कांग्रेस निकटका मजदुरहरूको र्याली ठूलो
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकटका मजुर संगठनहरूले देशभरि अलग अलग कार्यक्रम गरेर ‘मे दिवस’ मनाएका छन् ।
‘संसारका मजदुरहरू एक हौं’ भन्ने नाराका साथ बुधबार कम्युनिस्ट र कांग्रेस निकटका मजदुरहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । कम्युनिस्ट र कांग्रेसले अलग अलग रुपमा मनाएको दिवसमा उनीहरूले मजदुरका लागि आ–आफ्ना संगठनहरूले काम गरेको दाबी गरेका थिए ।
काठमाडौंमा भएको र्यालीमा सत्तारुढ नेकपा निकटका मजदुरहरूभन्द कांग्रेस निकटका मजदुरहरूले ठूलो र्याली निकालेका छन् । प्रत्यक्षदर्शीका अनुसार सत्तारुढ नेकपाको भन्दा नेपाली कांग्रेस निकटका मजदुरहरूमा धेरै मजदुरहरू सहभागी थिए ।
सन्धाराबाट शुरू भएको सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रभातफेरी भृकुटीमण्डपमा पुगेर समापन भएको थियो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्याली निकालेको थियो । ट्रेड युनियन कांग्रेसको ब्याली प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभामा परिणत भएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको कार्यक्रमलाई नेपाली कांग्रेसका नेताहरूले सम्बोधन गरेका थिए । उनीहरूले कम्युनिस्ट सरकारले कांग्रेसले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलाई एकलौटी रुपमा आफूले मात्रै ल्याएको भनेर गलत प्रचार गरेको आरोप लगाएका थिए ।
स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलदेखि नयाँ बानेश्वरसम्म र्याली निकालेको थियो । र्यालीपछि नयाँ बानेश्वरमा कोणसभा गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत