श्रमिकको हित र सम्मान कांग्रेसले मात्रै गर्छ : दीपक गिरी
घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले नेपालमा औद्योगिकरणको विकास र श्रमिकको हकहितको संरक्षण गर्ने पार्टी कांग्रेस मात्र भएको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस दाङले विश्व मजदुर दिवसको अवसरमा बुधबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै गरीले कांग्रेसले श्रमिकको हकहितका लागि धेरै काम गरेको बताए ।
‘इतिहाँस पल्टाएर हेर्ने हो भने नेपालमा औद्योगिकरणको विकास र श्रमिकको हकहितलाई संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको प्रमाणित हुन्छ’, उनले भने ।
कांग्रेस नेता गिरीले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुक विकास भएको बताए । ‘विकासको गति कांग्रेसकै कारण भएको हो’, उनले भने, ‘अहिलेको कम्युनिस्ट सरकारले विकासका काम गर्नै सकेको छैन । जनादेश विपरीत चलेको सरकारले देशलाई अधोगतितर्फ धकेल्ने कुकर्म गरेको छ ।’
कम्युनिस्ट सरकारले आम जनतालाई रोग, भोक र शोकको दलदलमा फसाएको नेता गिरीले बताए । उनले अब कांग्रेसप्रति अस्था राख्नेहरूले कम्युनिस्ट सरकारका गलत क्रियाकलापको प्रतिकार गर्ने बेला आएको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत