कम्युनिस्ट सरकारविरुद्ध नेविसंघको प्रदर्शन, ओलीविरुद्ध घन्कियो नारा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वमा साना ११ विद्यार्थी संगठनले कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डाबाट नयाँबानेश्वरसम्म नेविसंघसहितका ११ विद्यार्थी संगठनहरूले मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले कम्युनिस्ट सरकारको अधिनायकवादको पनि विरोध गरेका छन ।

निजी विद्यालय र कलेजमा भएको चर्को शुल्कवृद्धि घटाउनुपर्ने, माध्यमिक तहसम्मको निःशुल्क शिक्षा कार्यान्वयन गर्नुपर्ने, देशमा बढेको हत्या, हिंसा नियन्त्रण गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्नुपर्ने लगायतका माग ११ विद्यार्थी संगठनहरूको रहेको थियो ।

विद्यालयहरूमा मनपरि शुल्कवृद्धि हुँदासमेत कम्युनिस्ट सरकार मौन बसेको भन्दै उनीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गरेका थिए ।

उनीहरूले देशमा भ्रष्टाचार र अनियमितताले सीमा नाघेको आरोप लगाएका छन् ।

माइतीघर मन्डलादेखि नयाँबानेश्वरसम्म सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका विद्यार्थीले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको नेविसंघका पूर्वउपाध्यक्ष अषिकेशजंग शाहले जानकारी दिएका छन् ।
https://www.facebook.com/republicadainik2/videos/1827074580731748/
 

Published : Tuesday, 2019 April 30, 8:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया