ग्राण्डी अस्पतालमा दीपकको भव्य काण्ड, सरकारी जग्गा कब्जा
काठमाडौं । सरकारले २०२१ मा मुआब्जा दिएर अधिग्रहण गरेको ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा अतिक्रमणमा परेको प्रतिवेदन पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले दिएपछि सार्वजनिक जग्गाको विषयमा धेरै चर्चा परिचर्चा भइरहेका छन् ।
त्रिताल समितिले दिएको दिएको प्रतिवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास र राष्ट्रबैंकसँगै जोडिएको जग्गा अतिक्रमण गर्ने र गैरकानुनी रुपमा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका प्रमुखमाथि कारबाही गर्नुपर्ने उल्लेख छ ।
सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूचीमा ठूला अस्पताल पनि छन् । काठमाडौंको टोखामा रहेको ग्रान्डी इन्टरनेशलन हस्पिटल र ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले नदीको जग्गा नै मिचेका छन् ।
ग्रान्डी अस्पतालले बिष्णुमती खोलाको करिब १७ रोपनी जग्गा अतिक्रमण गरेको छ । खोला र बाटोसमेत ग्रान्डी अस्पतालले अतिक्रमण गरेको छ ।
ग्रान्डीका संचालक दीपक कुँवरले विष्णुमति नदीकै जग्गा मिचेर अस्पताल भवन बनाउन थालेपछि स्थानीयले बिरोध पनि गरेका थिए ।
मिडियामा समाचार पनि आयो । नेपाली कांग्रेसका नेत एवम् तत्कालीन सांसद नरहरि आचार्य, हालका सांसद तथा नेकपाका नेतालाई प्रभावमा पारी उक्त अतिक्रमण गरेको जग्गाको हालसाविक (अद्यावधिक) गरेको थियो ।
नदी नै मिचेर अस्पताल बनाएकोबारेमा बिरोध गर्ने स्थानीयलाई दीपक कुँवरले गुण्डा लगाएर कुटपिट गर्नेदेखि प्रहरी प्रशासन लगाएर दुःख दिएका थिए ।
दीपक कुँवरले १७ रोपनी सरकारी जग्गा मिचेर अस्पताल बनाएको कुरा गुपचुप राख्नका लागि राजनीतिक दलका नेताहरूलाई ग्रान्डी भिल्लामा घर नै उपहार दिएको समाचार स्रोत बताउँछ । दृष्टि साप्ताहिकबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत