ओलीकै अगाडि प्रचण्डले सरकारको कामप्रति असन्तुष्टि जनाए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अपेक्षा गरेअनुसारको काम गर्न वर्तमान सरकारले गर्न नसकेको बताएका छन् ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा सत्तारुढ दल नेकपाले काठमाडौंमा सोमबा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सरकारले काम गर्नुपर्ने बताए । उनले जनताले चाहना राखेअनुसार काम गर्नुपर्ने बताए ।

उनले जिल्ला अधिवेशनहरू गर्ने सहमति भएको पनि बताएका छन् । दाहालले नेकपाभित्र थुप्रै फोहर मैला जम्मा भएको बताए ।

दुई पार्टीलाई एक हुन नदिन देशी र विदेशी शक्ति लागेको पनि उनले आरोप लगाए । ‘हामीले पार्टी एकीकरण गरेका छौँ’, उनले भने, ‘असम्भव कुराहरू पनि सम्भव गरेका छौँ ।’
दाहालले एकता प्रकृयामा जिल्ला तहको नेतृत्व टुग्याउनु फलामे ढोका फोरे सरह भएको बताए ।

उनले सबैभन्दा जटिल बनेको जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा धेरै मेहनत गर्नुपरेको पनि सुनाएका हुन् ।

उनले एकता प्रकृयामा ढिलाइ भएको स्वीकार्दै अब यो प्रकृयाले पूर्णता पाउने दावी गरे । उनले शुभचिन्तकहरूको दबाबले पनि एकता प्रकृयालाई सहयोग पुर्‍याएको भन्दै प्रचण्डले त्यसका लागि सवैलाई धन्यवाद दिए ।

‘समाजवादको रणनीतिमा अघि बढ्ने योजना हामीले अघि सारेका छौँ, यो आफैमा युगान्तकारी प्रयोग हो । हिजोका बनिबनाउ विचार र सिद्धान्तले मात्र सामाजिक रुपान्तरण सम्भव छैन । जरुरी पर्दा मात्रावाट गुणमा फड्को मार्ने आँट नगर्नेले क्रान्ति र परिवर्तनको नेतृत्व गर्न सक्दैन’, उनले भनेका छन् ।

‘विचारलाई विकसित र राजनीतिक रणनीतिलाई विकसित गर्दै अगाडि बढ्न सकेनौ भने दुईवटा विकृति रहन्छन् । जडसुत्रबादी र आत्मसमपर्णवादी विचारलाई महिमामण्डित गाउने प्रवृति संसरभर देखेका छौँ । नेपालमा पनि त्यसविरुद्ध संघर्ष गरिरहेका छौं’, दाहालले भने, ‘वस्तुवादी आवाश्यक्तलाई टेकेर राजनीतिक सिद्धान्त अंगिकार गर्नुपर्ने आवाश्यक्ता छ । वैचारिक, राजनीतिक र सांगठानिक रुपमा आक्रमक बनाउने प्रयास गरेका छौँ । यो हाम्रा अग्रजहरुको हामीले चलाएको वैचारिक संघर्ष र बहसको हामीले चलाएको वर्गसंघर्ष र आन्दोलनसँगै हाम्रो पार्टी एक आक्रमक मोर्चाका रुपमा रहेको छ । यसलाई संसारका नयायप्रेमी र कम्युनिष्टहरूले चासो र गहिरो अध्ययनन गरेको अवस्था छ ।’

‘अर्कोतिर देशभित्र र बाहिरका प्रतिकृयावादी शक्तिहरुले नेपालको कम्युनिष्ट आन्दोलन एकता र आक्रमक मोर्चालाई कमजोर पार्ने षड्यन्त्रका तानाबाना बुन्ने प्रयास गरेको हामी सवै बुझेका छौँ । हामीले १२ बुँदे समझदारीमार्फत एउटा नया आन्दोलन थाल्यौँ’, उनले भनेका छन् ।

‘जनयुद्ध र जनआन्दोलनलाई एकअर्काको पुरक बनाउँदै ठूलो राजनीतिक रुपान्तरणमा बदल्न सफल भयौँ । पहिलो संविधान सभा असफल भएपछि संविधानसभाबाट संविधान बन्छ त ? भन्ने प्रश्न उठे, र संविधान बन्न नदिने प्रयास पनि भए’, दाहालले भनेका छन् ।

‘एकताको संकल्प गरेपछि पनि एकता टिक्दैन भन्दै आदि इत्यादि आशंका पैदा गर्ने काम भए । एकता रोक्न आन्तरिक र बाह्य अनगिन्ती प्रयास भए’, उनले भने, ‘तर, पनि हामीले जनतामा गरेको प्रतिबद्धता अनुसार एकता घोषणा गरेरै छाड्यौँ । हामीले भनेरअनुसारको गतिमा एकता नटुङ्गिदा फेरि प्रश्नहरू उठे ।’

Published : Monday, 2019 April 22, 2:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया