एनआरएन अमेरिकाको महासचिव पदमा भट्टराईको उम्मेदवारी

अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको सन् २०१९ को निर्वाचनमा बोर्ड सदस्य गोपेन्द्र भट्टराईले महासचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
एनआरएन अमेरिकाको निर्वाचनमा आफूलाई मतदान गर्न मतदाताहरूसँग भट्टराईले अपील गरेका छन् ।

‘तपाई हाम्रो दैलोमा रहेको एनआरएनको निर्वाचनको माहौलमा मैले आफ्नो उम्मेदवारी महासचिव पदमा दाखिला गरेको छु’, मतदाताहरूसँग अपील गर्दै उनले भनेका छन्, ‘महासचिव पदमा विजयी गराउनु हुन आग्रह गर्दछु ।’

महासचिव पदमा उम्मेदवारीको प्रस्ताव गर्ने नेपाली जनसम्पर्क समिति, अमेरिका ईन्डियाना च्याप्टरका उपसभापति, नेपलिज एशोसियशन अफ ईन्डियानाका सामाजिक कार्यकर्ता समाजसेवी रामहरि न्यौपानेलाई पनि भट्टराईले सम्झिएका छन् ।

उनले भनेका छन्, ‘मेरो उम्मेदवारीलाई समर्थन गर्नुहुने नेपालिज एशोसियशन अफ ईन्डियानाका पूर्वसचिव एवम् सामाजिक अभियान्ता धर्मराज घिमिरे एवम् मेरो यो उम्मेदवारीको लागि सहज वातावरण सिर्जना गराउनुहुने तमाम सहयोगीहरूप्रति आभारी छु ।’

वर्तमान कार्यसमितिको सदस्य, एनआरएन अमेरिकाले प्रदान गराएका विभिन्न समितिमा रहेर काम गरेको जिम्मेवेरीपूर्ण कर्तव्यलाई आफ्नो बलिबुताले भ्याएसम्म निर्वाह गरेको उनले बताएका छन् ।

‘एनआरएनको मौसममा शितल बादल बनेर यहाँहरूले वर्षा गर्नुभएको एकताको झरी म कहिल्यै भुल्नेछैन’, उनले भनेका छन्, ‘अब एनआरएन अमेरिका बनाउनु छ । यो बन्छ । मेरो कर्तव्य सिर्फ यसलाई राम्रो बनाउनु हुनेछ ।’

महासचिव भएर सामुदायिक सूचना, संस्थाको मर्यादा र नेपालीका लागि गर्नुपर्ने धेरै कामहरू रहेको भन्दै भट्टराईले सामुदायिक एकता, एनआरएन अभियान र आफ्नो कर्तव्यप्रति सदैव दत्तचित्त बन्ने प्रण गरेका छन् ।

‘बिगतमा यहाँहरूले सदसय पदमा मलाई जिताउन गर्नुभएको सहयोग जस्तो मायाको म पुनः अपेक्षा गर्दछु’, महासचिव पदमा उम्मेदवारी दिएका भट्टराईले भनेका छन्, ‘यहाँहरूको अमूल्य मतको अपेक्षामा फेरि पनि रहेको छु ।’

Published : Monday, 2019 April 22, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया