तारा एयरको विमान दुर्घटना
काठमाडौं । रामेछाप जिल्लाको मन्थली विमानस्थलमा तारा एयरको विमान दुर्घटनामा परेको छ ।
रामेछापको विमानस्थलबाट फाप्लुका लागि यात्रु लिएर उडेको तारा एयरको विमान मौसमको खराबीका कारण रामेछाप पुनः फर्किएको थियो ।
फाप्लुमा अवतरणा गर्न नसकेर रामेछाप डाइभर्ट भएको तारा एयरको जहाज बिहान ९ बजेर ३८ मिनटमा रामेछापमा अवतरण गर्दा धावनमार्गमा चिप्लिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
डोर्नियर विमान हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो ।
दुर्घटनामा मानवीय क्षति भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ ।
चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन ।
विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबावु तिवारीका अनुसार विमान काठमाडौंबाट फाप्लुका लागि उडेको थियो ।
फाप्लुमा अवतरण गर्न नसकेपछि जहाज रामेछाप डाइभर्ट भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत