दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु, २ घाइते
लमही । दाङ जिल्लास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बनघुस्रीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
आइतबार मध्यराति साढे एघार बजे लमही नगरपालिकाको वडा नम्बर ७ बनघुस्रीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नम्बरको मोटरसाईकल पछाडिबाट ठोकिएको थियो ।
दुर्घटनामा लमही नगरपालिका ७ उचानिम्बु बस्ने वर्ष २२ का लालु चौधरीको लमही अस्पतालमा उपचारका क्रममा सोमबार बिहान साढे एक बजे मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
घाइते सोही मोटरसाइकलको पछाडि सवार वर्ष १६ का आशिष चौधरी र लमही नगरपालिका ३ मजगाउँ बस्ने वर्ष १३ का प्रकाश घर्ती मगरलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएको ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत