श्रीलंकामा ज्यान गुमाएकाहरूप्रति कांग्रेसद्व दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसले श्रीलंकाको राजधानी कोलम्बोमा भएको श्रृङ्खावद्ध बम विष्फोटमा परी ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको र सयौं जना गम्भीर घाइते भएको घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको जनाएको छ ।
नेपाली कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतंककारी घटनाको कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्ने जनाएको छ ।
हत्या, हिंसा र आतंक सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको विज्ञप्तिमा जनाइएको छ ।
‘यस दुःखद् क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलंका सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु’, कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्, ‘धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु ।’
‘घटनामा परी निधन हुनु भएका सबैप्रति म हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु’, देउवाले भनेका छन्, ‘दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरूका परिवारजनहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
श्रीलंकामा भएको बम विस्फोटमा परेर थुप्रै सर्वसाधारणले ज्यान गुमाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत