बुटवलमा भेटिए ओलीका कारिन्दा, गगन थापाले गरिदिए खुलासा

बुटवल । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले धेरै जग्गा जोगाउन लागे भने बालुवाटार पनि जाने चेतावनी दिए ।

‘म काठमाडौंको सांसद, तपाईंहरूले यहँँबाट निवार्चित गरेर पठाउनुभएको मेरो साथी सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ’, थापाले भने ।

नेकपा महासचिव विष्णु पौडेलको नाम नलिई उनले बालुवाटारको जग्गा किन्दा ठगिएका रुपन्देहीका सांसदलाई काठमाडौंका जनताले क्षतिपूर्ति दिन नसक्ने बताए ।

‘बर्दघाटको जग्गा बेचेर काठमाडौंमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ, उहाँको दुःखमा अन्यन्त सहानुभूति छ’, थापाले भने, ‘विचरा नराम्रोसँग ठगिनुभएछ ।’

‘मलाई खुसी पनि लागेको छ’, उलने भने, ‘बालुवाटार किन्दाकिन्दा उहाँले पशुपति किन्न भ्याउनुभएन छ ।’

कांग्रेसका नेता थापाले क्षेत्रीय सम्मेलनमा आफ्ना कुरा राख्न र सांसद ठगिएकोमा सहानुभूति प्रकट गर्न रुपन्देही आएको बताएका छन् ।

कांग्रेसका सांसद थापाले संविधानमाथि अहिलेको कम्युनिस्ट सरकारबाट धेरै खतरा रहेको बताए ।

‘संविधानलाई खतरा कोहीबाट छ भने यसै संविधानमार्फत् सपथ खाएको सरकारबाट छ’, उनले भने, ‘आजका लागि डरलाग्दो विषय नै यही हो । ’

‘विप्लव पार्टीको माग के हो । अहिलेसम्म बुझेको छैन, उसले चाहेको के हो ?’, उनले भने, ‘बुझ्न सकेको छैन । सिके राउतबाट पनि संविधानमाथि खतरा छैन ।’

नेता थापाले भने, ‘मन्दिर–मन्दिर घुम्ने पूर्वराजा र पूर्वपञ्चबाट पनि संविधानमाथि खतरा छैन ।’

संविधान असफल भए नेपालले पूरानो नियति भोग्नपर्ने भन्दै कांग्रेसको कर्तव्य संविधान जोगाउनु भएको बताए ।

देशमा ७ सय ५३ वटा सरकार बनेको भएपनि प्रधानमन्त्री ओलीले त्यसलाई मान्दै नमानेको उनको आरोप छ ।

थापाले प्रदेशको ५ का मुख्यमन्त्री शंकर पोखरेलको कार्यशैलीप्रति असन्तुष्टि पोखे ।

‘मुख्यमन्त्री जस्तो लाग्दै लाग्दैन, प्रधानमन्त्रीको कारिन्दा जस्तो लाग्छ’, पोखरेलको नाम नलिई थापाले भने, ‘प्रदेशको अधिकार र हकका लागि मुख्यमन्त्री लड्छ । तर, मुख्यमन्त्रीले प्रदेशको अधिकारको लागि बोलेकै सुनिन्न ।’

Published : Saturday, 2019 April 20, 10:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया