देउवाले चिने मित्र शक्ति, कार्यक्रममा ओली आएनन्
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
काठमाडौंमा विशेष कार्यक्रम राखेर राजपाले शनिबार स्थापना दिवस मनाएको हो । स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आएपनि प्रधानमन्त्री खड्गप्रसाद ओली भने आएनन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भने आएका थिए ।
स्थानीय चुनावअघि २०७४ साल वैशाख ७ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ घटकले एकीकरण गर्दै राजपा नेपाल भन्ने नयाँ दल गठन गरेका थिए ।
काठमाडौंको डिल्लीबजारस्थित अमृत भोगमा राजपाले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो ।
उत्सवमा राजपाका शीर्ष नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर राणा, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार विष्णु रिमाललगायत नेता तथा शुभेच्छकहरूको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत