कम्युनिस्ट सरकारविरुद्ध पत्रकार महासंघले आन्दोलन जारी राख्ने
काठमाडौं । नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज नभएसम्म आन्दोलन नरोक्ने भएको छ ।
सिंहदरबारमा बिहीबार सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई ज्ञापन पत्र बुझाउँदै पत्रकार महासंघले आन्दोलन यथावत राख्ने निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
पोखराका पत्रकार अर्जुन गिरीलाई समाचार लेखेकै आधारमा नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनको दफा ४७ मा टेकेर मुद्दा चलाएपछि देशभरका पत्रकारहरू आन्दोलनमा छन् ।
प्रेस काउन्सिलमा दर्ता रहेको ताण्डब न्यूज डटकममा प्रकाशित समाचारलाई विद्युतीय कारोबार ऐनको सो दफाको आधारमा मुद्दा चलाएपछि पत्रकारहरू आन्दोलित छन् ।
पत्रकार महासंघले पटक पटक यो दफाका कारण पत्रकारहरू समाचार लेखेकै आधारमा प्रहरी हिरासतमा पुग्ने गरेको भन्दै विवादित दफालाई नै खारेज गर्न माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै सञ्चारमन्त्री बाँस्कोटाले अब यसरी पत्रकारहरूलाई विद्युतीय ऐनमार्फत् मुद्दा नचलाइनेभन्दै हिरासतमा रहेका पत्रकार गिरीको बारेमा सरकार चिन्तित रहेको बताए ।
ज्ञापनपत्र बुझाउन गएको पत्रकारको टोलीमा महासंघका महासचिव रमेश विष्टले ज्ञापनपत्र पढेर सुनाएका थिए ।
कम्युनिस्ट सरकारले पत्रकारहरूलाई समाचार लेखेकै भरमा पक्राउ गरेर दुःख दिन थालेपछि पत्रकार महासंघ आन्दोलित भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत