नेविसंघले राष्ट्रिय सभागृहमा स्थापना दिवस मनाउँदै, कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं । नेपाल विद्यार्थी संघले आफ्नो ४९ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम राखेको छ ।

नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिले शुक्रबार बिहान काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

बिहान ८ बजेदेखि शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

नेविसंघका नेता ऋषिकेशजंग शाहले शुक्रबारको कार्यक्रम भव्य रुपमा मनाइने बताए । उनले कार्यक्रमलाई सफल बनाउन नेविसंघ काठमाडौंले विशेष तयार गरेको जानकारी दिए ।

नेविसंघका अर्का नेता मोती भण्डारीले शुक्रबार बिहान नेविसंघ काठमाडौंको आयोजनामा ४९औँ स्थापना दिवस मनाउन लागेको जानकारी दिए ।

‘कार्यक्रममा सहभागी हुन सबै विद्यार्थी साथीहरूलाई आग्रह छ’, उनले भने, ‘पार्टीका शीर्ष नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।’

शुक्रबार अपरान्ह तीन बजे स्ववियुपरिषदले पनि प्रज्ञाभवन कमलादीमा विशेष कार्यक्रम राखेको छ । कार्यक्रममा नेविसंघको स्थापना दिवस मनाइनेछ ।

Published : Thursday, 2019 April 18, 2:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया