प्रहरी महानिरीक्षक खनाल पुरस्कृत
काठमाडौं । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत भएका छन् ।
गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापाले राई र खनाललाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।
बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरू फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरीएको छ ।
Published : Thursday, 2019 April 18, 1:47 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत