ओलीको पेट दुखेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं । प्रधानमन्त्री केपी ओली अचानक बिरामी परेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
भेरी–बबई डाइभर्सन बहुउद्देशीय आयोजना उदघाटन गर्न सुर्खेत पुगेका ओलीलाई पेटमा समस्या देखिएपछि रातारात काठमाडौं ल्याइएको हो ।
मंगलबार बाँकेमा बास बसेका प्रधानमन्त्री ओली राति एकाएक अवस्थ भएपछि बुधबार सबेरैसेनाको हेलिकोप्टरमार्फत राजधानी ल्याइएको उच्च स्रोतले जनाएको छ ।
ओलीलाई मंगलबार राति पेट दुःखेको थियो । त्यसपछि सहयोगीहरूले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएका हुन् । ओलीलाई चिकित्सकहरूले चेकजाँच गरेर औषधि चलाएका छन् ।
केही समय अघि रुघाखोकी, सुगरको मात्र घडबढको समस्या पटकपटक झेल्दै आएका ओलीलाई पेट दुख्ने समस्या थपिएको छ ।
ओली दुई पटक महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एवं ट्रान्सप्लान्ट सेन्टरमा भर्ना समेत भइसकेका छन् ।
१२ वर्ष अगाडि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई धपेडी हुँदा स्वास्थ्यमा असर पर्ने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत