ठूलो दुर्घटनाबाट बाँचे यी मुख्यमन्त्री
डडेल्धुरा । डडेलधुरा जिल्लाको अजयमेरु गाँउपालिकाको आयोजना गरेको अजयमेरु महोत्सवको उदघाटन समारोहको स्टेज भाँच्चिएको छ ।
स्टेज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहितका पाहुनाहरू रहेका बेला भाँच्चिएको हो ।
घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गीता पन्त रहेका छन् ।
तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ ।
मुख्यमन्त्री कार्यक्रम उदघाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको थियो । मुख्यमन्त्री भट्टलाई कुनै चोट लागेको छैन ।
स्टेजमा भएकाहरूको प्रहरीले तत्कालै उद्धार गरेको थियो । स्टेज भाँच्चिएपछि फेरि कार्यक्रम सुरु भयो थियो ।
Published : Wednesday, 2019 April 17, 9:23 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत