चीनविरुद्ध तराईमा सल्कियो आगो, मलंगवामा प्रदर्शन

मलंगवा । तराईका विभिन्न जिल्लाहरूमा चीनविरुद्ध प्रदर्शन भइरहेका बेला सर्लाही युवाहरूले पनि चीनविरुद्ध प्रदर्शन गरेका छन् ।

सर्लाहीको सदरमुकाम मलंगवाका युवाहरूले चीनले नेपालमाथि हस्तक्षेप बढाएको तथा प्रदेश दुईमा कृषि क्षेत्रमा लगानी गरेर हस्तक्षेप गर्न खोजेको भन्दै प्रदर्शन गरेका हुन् ।

चीनले प्रदेश दुईलाई गाई दिन खोजेपछि तराईका युवाहरूले त्यसको विरोध गर्दै आएका छन् ।

यसअघि जनकपुर, राजविराजसहितका स्थानमा चीनविरुद्ध प्रदर्शन भइसकेको छ । तराईका युवाहरूले गो ब्याक चाइना भन्ने जस्ता नारा समेत लगाउँदै आएका छन् ।

Published : Wednesday, 2019 April 17, 2:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया