कम्युनिस्ट सरकारले पत्रकार पक्राउ गर्न थालेपछि आन्दोलन घोषणा
काठमाडौं । कम्युनिस्ट सरकारले पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएर हैरान बनाएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।
ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक–पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले यो दफा नै खारेज गर्न माग गरेको छ । महासंघले अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै आन्दोलन घोषणा गरेको छ ।
‘पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटक–पटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको हो’, महासचिव रमेश विष्टले भनेका छन् ।
महासंघले वैशाख ५ गते बिहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरेको छ ।
थप कार्यक्रम बिहीबार तय गर्ने महासंघले जनाएको छ । यसका लागि बिहीबार नै महासंघ केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत