गगनले अमेरिकाबाट खुलासा गरे प्रेरणाको स्रोतको नाम, फर्किए स्वदेश
न्युयोर्क । अमेरिका आएका नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापा हार्वड विश्वविद्यालयबाट अध्ययन सकेर स्वदेश फर्किएका छन् ।
अमेरिकास्थित विश्वविख्यात हार्वड विश्वविद्यालयमा ‘ग्लोबल लिडरशिप एण्ड पब्लिक पोलिसी फर द ट्वान्टी फस्ट सेन्चुरी’ कोर्सका लागि उनी अमेरिका आएका थिए ।
नेपाल फर्किनुअघि अमेरिकामा रहेका नेपाली पत्रकारहरूसँग कुरा गर्दै युवा नेता थापाले जवान रहनका लागि अध्ययन गर्नुपर्ने बताएका थिए ।
उनले आफ्नी श्रीमती अञ्जना केसीको प्रेरणाले राजनीतिक क्रियाकलाप पन्छाएर स्कुले जीवन शैलीमै अध्ययन गर्न आएको बताए ।
अमेरिका रहँदा उनले दैनिक करीव १० घण्टा अध्ययन गर्ने अवसर पाएको पनि जानकारी दिएका छन् ।
‘मैले यस अध्ययनका क्रममा एकजना पूर्व प्रधामन्त्री समेत रहनु भएका व्यक्तित्वलाई भेटेँ’, उनले भने, ‘उहाँलाई भेटेपछि अझै पक्का भएँ पढ्ने समय सकिँदैन, हामी अध्ययनशील हुनुपर्छ, अध्ययन गर्ने बानीले सधैँ उर्जावान र सधैँ जवान राख्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत